images
images
images

महानिर्देशक पोखरेलद्वारा सडक डिभिजन कार्यालय नेपालगन्ज निरीक्षण

images

पूर्वाधार वाच, काठमाडौं । 

सडक विभागका महानिर्देशक रामहरि पोखरेलले संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन कार्यालय नेपालगन्जअन्तर्गत सञ्चालित काम/कारबाहीको निरीक्षण तथा अनुगमन गरेका छन् ।

सडक डिभिजन नेपालगन्जका अनुसार महानिर्देशक पोखरेलसहितको टोलीले बिहीबार उक्त कार्यालय अन्तर्गतको कामकारबाहीको निरीक्षण गरेका हुन् । यससँगै महानिर्देशक पोखरेलले विभिन्न निर्देशन समेत दिएका बताइएको छ ।

सडक डिभिजन नेपालगन्जले पछिल्लो समय विभिन्न प्रभावकारी काम गर्दै आएको छ । निरीक्षण तथा अनुगमन टोलीमा सडक विभागका उपमहानिर्देशक, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर लगायतको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्