images
images
images

सडक विभागका पूर्वमहानिर्देशकको १७ आना जग्गा जफत, श्रीमती र छोराको नाममा रहेको शेयर र नगद पनि खोसियो

images

पूर्वाधार वाच, काठमाडौं । 

सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुरमा रहेको जग्गा सरकारले जफत गरेको छ । भक्तपुरको कटुन्जेस्थित विभिन्न १७ कित्तामा रहेको ६५ आना ३ दाम जग्गा सरकारले जफत गरेको हो ।

अख्तियार दुरुपयोगको आरोपमा अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ भदौ १२ गते उनलाई दोषी ठहर गरेको थियो ।

सर्वोच्चको फैसलाअनुसार पूर्वमहानिर्देशक खनाललाई १ वर्ष ३ महिना कैद, एक करोड २१ लाख ५२ हजार ४४ रुपैयाँ जरिवाना र स्रोत नखुलेको उनको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो ।

भक्तपुर कटुञ्जेमा विभिन्न १७ कित्तामा रहेको जग्गा गृह मन्त्रालय मातहतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग र सरकारको नाममा ल्याइएको विभागका महानिर्देशक सुरेश पन्थीले उक्त जग्गा सरकारको नाममा ल्याएर लालपुर्जा बनाइसकिएको बताए ।

इन्जिनियर खनाल विभिन्न सडक आयोजनामा प्रमुख भएर काम गर्दै २०५६ साल कात्तिक १७ गतेदेखि २०५८ साल पुस २५ गतेसम्म विभागको महानिर्देशक भएका थिए ।

पूर्वमहानिर्देशक खनालको विभिन्न बैंकको शेयर र विभिन्न बैंक तथा फाइनान्सका खातामा रहेको पैसा समेत सरकारले जफत गरेको छ ।  उनीसहित उनकी श्रीमती पद्मा खनाल तथा छोराहरू अभिषेक खनाल र आभास खनालको शेयर र रकम पनि जफत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्