पूर्वाधार वाच, काठमाडौं ।
तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन शुक्रबार (भोलि)देखि सुरु हुँदैछ। आइतबारसम्म चल्ने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सोसाइटी अफ ट्रन्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन)का अध्यक्ष डा. हरेराम श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार होटल याक एण्ड यतिमा चल्ने सम्मेलनमा यातायात क्षेत्रका विभिन्न विषयमा १६ वटा सत्र सञ्चालन हुनेछन् ।
सम्मेलनको आयोजकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय र सोसाइटी अफ ट्रन्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन) रहेका छन् । जसमा झण्डै ३ सय भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनको मुख्य नारा : ‘टुवार्ड्स सेफ, सस्टेनेबल, इफिसेन्ट एण्ड रेजिलियन्ट मोबिलिटी’ रहेको छ । उक्त सम्मेलन नेपालको यातायात क्षेत्रमा रहेको विद्यमान समस्या र समाधान गर्न फलदायी हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्