images
images
images

भाौतिक विकासका सबै सुखसुविधा आफ्नै हुनुपर्छ भन्ने सोच गलत : मन्त्री पाण्डे

images

पूर्वाधार वाच, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भौतिक विकासका सबै सुख सुविधाहरु आफ्नै हुनुपर्छ भन्ने सोच गलत भएको बताएका छन् ।

बिहीबार खप्तडबाबा ज्योति पुरस्कार वितरण तथा सम्मान समारोहमा बोल्दै मन्त्री पाण्डेले भौतिक विकास गलत नभएको तरहेर्ने दृष्टिकोण आत्म केन्द्रित वा स्वार्थ केन्द्रित हुनु गलत भएको बताए ।

उनले भने, ‘भौतिक विकासका सबै सुखसुविधाहरु मेरै हुनुपर्छ भन्ने सोच गलत हो । भौतिक विकास गलत होइन तर भौतिक विकासलाई हेर्ने दृष्टिकोण आत्म केन्द्रित र स्वार्थ केन्द्रित भयो भने त्यो गलत हो । हामी नाङ्गै आएको नाङ्गै जाने वास्तविकता र सत्य त्यही नै हो ।’

साथै उनले स्वार्थहरुको पत्रले छोपिँदा छोपिँदा मान्छेले आफ्नो स्वभावविकता गुमाउँदै गइरहेको बताए । उनले स्वभावविकता गुमाउँदा नै मान्छेले द्वन्द्व निम्त्याउने गरेको बताए ।

उनले भने, ‘कसैले स्वार्थहरुको पत्रले छोपिँदा छोपिँदा मान्छेले आफ्नो स्वभावविकता गुमाएको हुन्छ । त्यो स्वभावविकता गुमाउँदा नै मान्छेले द्वन्द्व निम्त्याउँछ । मान्छेले दोराचार निम्त्याउँछ । मान्छेले सौदाचारको बाटो छोड्छ, साम, दाम, दण्ड र भेदको बाटो अबलम्वन गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्