पूर्वाधार वाच, भैरहवा ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कार्य सम्पादन, विकास निर्माण र श्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउन कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
मन्त्रालयद्वारा बिहिबार भैरहवामा आयोजीत बेरुजू फस्र्यौट सम्वन्धिको कार्यशालालाई संवोधनका क्रममा उनले कार्यसम्पादनका क्रममा सके सम्म बेरुजूनै आउन नदिन र आएको भए फस्र्यौट तर्फ समेत ध्यान दिन निर्देशन दिए ।
नागरिकले हरेक सेवामा सुशासन र पारदर्शीताको अपेक्षा गर्ने र सरकारले समेत आर्थिक अनुशासनलाई प्राथमिकता दिएकाले आफ्ना हरेक कामको उत्तरदायीत्व निर्वाह गर्न समेत आग्रह गरे ।
कतिपय आयोजनाहरु समयमा पूरा नहुने, अलपत्र हुने तथा रुग्ण भएर बस्ने जस्ता समस्या देखिएको भन्दै त्यस तर्फ पनि हरेक कार्यालय र कर्मचारीले ध्यान दिनु पर्ने बताए ।
नेपाल अहिले निर्माणको चरणमा रहेको भन्दै मन्त्री दाहालले शुरु गरिएका आयोजनाहरु तोकिएकै समयमा पूरा हुने गरि कार्यक्षेत्रमा परिचालित हुन कर्मचारीहरुलाई सुझाव दिए ।
कर्मचारीहरुको कार्यसम्पादनबाटनै नागरिकले सरकारको महसुस गर्ने भएकाले सरकारको आभाष दिलाउने गरि काम गर्न उनको आग्रह छ ।
नेपालमा केहि भएन, हुँदैन र हुन सकेन भन्ने जस्ता गलत भाष्यहरु निर्माण गर्न खोजिएको भन्दै मन्त्री दाहालले सरकारले गरेका काम, प्रभाव र परिवर्तनहरु नागरिक सम्म पु-याउन जरुरी रहेको बताए ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराको संयोजनमा भएको कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजना अलपत्र पार्ने, समयमा पूरा नगर्ने जस्ता कार्य अब हुन नदिने बताए ।
सडक आयोजनाहरु निर्माण गर्दा सर्वसाधारणलाई सके सम्म कम समस्या पर्ने र यातायात अवरुद्ध हुन नदिने गरि गर्न समेत कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिए ।
कार्यक्रममा सडक विभागका महानिर्देशक रामहरी पोखरेल तथ सडक वोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बेरुजू व्यवस्थापन, सडक तथा पुल निर्माण एवम् मर्मतको अवस्था र आवश्यकता लगायतका बारेमा कर्मचारीलाई प्रशिक्षणमूलक जानकारी दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्