images
images
images

मोरङको सीमावर्ती क्षेत्रमा पुल उद्घाटन

images

पूर्वाधार वाच, विराटनगर ।

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार मोरङको सीमावर्ती जहदा गाउँपालिकामा तीन वटा पुलको उद्घाटन गरेका छन् ।

जहदा–२ स्थित जुडी खोलामा निर्मित पुल, कटकरी गाउँपालिका वडा २ र जहदा–४ जोड्ने लोहन्द्रा खोलाको, जहदा गाउँपालिका–७ स्थित भारतीय सीमा जोड्ने लोहन्द्रा खोलमा बनेको पुलको उपप्रधानमन्त्री सिंहले उद्घाटन गरेका हुन् ।

पुल उद्घाटनका लागि आएका उपप्रधानमन्त्री सिंहले राष्ट्र हितलाई ध्यानमा राखेर र जनतालाई केन्द्रमा राखेर बिस्तारै काम गर्दै जानुपर्ने बताए ।

सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले संघीयता, समावेशिता, धर्मनिरपेक्षतालगायतका जनअधिकार संविधानसभाबाट आएको संविधानले सुनिश्चित गरेको बताए ।

संविधान आइसकेपछि केहीले व्यवस्था परिवर्तन भयो तर हाम्रो अवस्था नै परिवर्तन नभएको गलत भाष्य निर्माण गरिरहेको उनको भनाई छ । कांग्रस एमाले सरकार निर्माणको सहमति अनुसार संविधान संशोधनका लागि कार्यदल गठन गरेर सरकारले प्रक्रिया अघि बढाएको सिंहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्