images
images
images

‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा अन्जिला उत्कृष्ट सिनेमा, जितु र केकी उत्कृष्ट अभिनेता अभिनेत्री 

images

पूर्वाधार वाच, काठमाडौं। 

अभिनेता जितु नेपाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । शनिवार सम्पन्न ‘चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा जितुले फिल्म ‘ज्वाइँ साब’बाट उत्कृष्ट अभिनेता अवार्ड जितेका हुन् । कार्यक्रममा उत्कृष्ट अभिनेत्री केकी अधिकारी घोषित भइन् । उनले फिल्म ‘बोक्सीको घर’बाट उक्त अवार्ड हात पारेकी हुन् ।

गोसाईंकुण्ड गाउँपालिका, रसुवामा गत बैशाख ४ बिहीबारबाट सुरु भई ६ गते शनिवार सकिएको अवार्डमा अभिनेता प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’बाट वेस्ट एक्टर (जुरी) अवार्ड प्राप्त गर्दा वेस्ट म्युजिकल सर्ट फिल्म अवार्ड ‘प्याकुली’का रामहरी खड्का, वेस्ट कल्चर फिल्म ‘आप्लेङ ला नाम्शा’ शेखर लामाले र इन्करेजमेन्ट अवार्ड रोनिस खड्का फिल्म प्याकुलीबाट पाए । वेस्ट सर्ट फिल्म ‘म कमरेड ’बाट निर्मल पौडेल, वेस्ट डकुमेन्ट्री ‘माझी’ बाट सबिर श्रेष्ठ, वेस्ट फिल्म ‘अन्जीला’बाट प्रेम श्रेष्ठले अवार्ड जिते ।

फेस्टिभलमा वेस्ट सम्पादक भरत रेग्मी फिल्म ‘पूजार सार्की’, वेस्ट छायांकन शिवराम श्रेष्ठ फिल्म ‘बोक्सीको घर’, वेस्ट निर्देशक मिलन चाम्स अन्जीला’, जुरी मेन्सन अवार्ड ऋषिराज आचार्य फिल्म ‘द्रौपदी’, जुरी अवार्ड  निर्देशक वसन्त निरौला फिल्म ‘ज्वाइँ साब’, वेस्ट भिज्युअल इफेट फिल्म ‘बोक्सीको घर’बाट मनोज श्रेष्ठले जिते ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, र गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले विजेतालाई अवार्ड तथा प्रमाण पत्र वितरण गरे ।

तीन दिनसम्म निरन्तर आयोजना भएको कार्यक्रममा साना र ठुला गरेर २२ फिल्म प्रदर्शन भयो । दर्जनौँ चलचित्रकर्मी र रंगपत्रकारको समेत सहभागिता महोत्सवको समापन  ३० औं वन्यजन्तु सप्ताह, चौंथो गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कप २०८२ तथा १३ औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता एकसाथ आयोजना भएको थियो ।

नेपाली महिला फुटबल टोलीको क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित अन्जिला फिल्म प्रदर्शन गर्दै महोत्सव सुरु भएको थियो । पहिलो दिन बैशाख ४ गते ‘अञ्जीला’सँगै ‘पूजार सार्की’, ‘ज्वाइँ साव’, ‘बोक्सीको घर’ प्रदर्शन भएको थियो ।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालले नियमित रूपमा महोत्सव आयोजना गर्दै आएको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनले महोत्सवले गाउँ गाउँमा चलचित्र संस्कृतिको विकास गर्ने जानकारी दिए ।

कार्यक्रममा रेडियो रसुवाका पत्रकार दीपक लामालाई नगद ५,५५५ सहित ‘पत्रकारिता पुरस्कार’ र ‘लाज शरनम्’ फिल्मका निर्माता नविन श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो । विगत ४ वर्षदेखि नियमित आयोजना हुँदै आयोगको महोत्सवले बगितका वर्षमा पनि निरन्तरता पाउने महोत्सवका अध्यक्ष सापकोटाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्