images
images
images

पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध

images

पूर्वाधार वाच, किमााथाङ्का ।

उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकाल र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका–३ धर्मद्धारस्थित खाँदबारी–किमाथाङ्का खण्ड अवरुद्ध भएको हो ।

बुधबार रातिको वर्षासँगै आएको पहिरो खाँदबारी–किमाथाङ्का खण्डअन्तर्गत मकालु–३ क्षेत्रको सडक बगाएपछि आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सडक अवरुद्ध हुँदा मकालु-३ र ४ तथा भोटखोला गाउँपालिका जाने सवारीसधान सञ्चालन हुन सकेका छैनन् ।

माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ ।

अहिले सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै सञ्चालन भइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्