पूर्वाधार वाच, काठमाडौं ।
यातायात विज्ञ एवं नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेता र सरकारी कर्मचारीले सार्वजनिक प्रयोग नगरी प्रणालीमा सुधार नहुने बताएका छन् । आइतबार सामाजिक सञ्जालमा उनले यस्तो बताएका हुन् ।
निवर्तमान शिक्षा मन्त्री विद्या भट्टराईले सफा टेम्पोमा चढेको तस्विर सार्वजनिक भएपछि गजुरेलको यस्तो प्रतिकृया आएको हो । उनले नाटक गर्ने पूर्वमन्त्रीको सूचीमा नयाँ नाम थप्न नपरोस् भन्दै पूर्वमन्त्री भट्टराईलाई निरन्तर सार्वजनिक यातायातमा चढ्न समेत सुझाव दिएका छन् ।
गजुरेल सार्वजनिक यातायात सुधारको विषयमा दैनिकजसो सामाजिक सञ्जालमा बोलिरहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्