images
images
images

आरसिबीको शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लियो

images

पूर्वाधार वाच, काठमाडौं ।

रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी) ले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ । क्रुनाल पाण्डेको उत्कृष्ट अलराउण्ड प्रदर्शन आरसिबीको जितमा निर्णायक रह्यो ।

दिल्लीले प्रस्तुत गरेको १६३ रनको लक्ष्य आरसिबीले १८.३ ओभरमै चार विकेट गुमाएर सहजै पूरा ग¥यो । टिमको जितमा क्रुनाल पाण्डेले अविजित ७३ रनको महत्वपूर्ण योगदान दिए । ४७ बलको आफ्नो पारीमा उनले विराट कोहलीसँग मिलेर चौथो विकेटका लागि ११९ रनको साझेदारी गरेका थिए ।

कोहलीले पनि ४७ बलमा ५१ रन जोडे । अन्त्यतिर टिम डेभिडले मात्र ५ बलमा १९ रन जोडेर लक्ष्यमा सहजता थपे । त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनायो ।

केएल राहुलले सबैभन्दा बढी ४१ रन बनाउँदा, ट्रिस्टियन स्टब्सले १८ बलमा ३४ रनको आक्रामक पारी खेले । बलिङतर्फ आरसिबीका भुवनेश्वर कुमारले तीन विकेट लिए भने जोस हजेलउडले दुई विकेट निकाले ।

यो जितसँगै आरसिबीले १० खेलबाट १४ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ। ९ खेल खेलेको दिल्ली भने १२ अंकका साथ चौथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्