images
images
images

श्रम संसार पोर्टलले सही सूचना सम्प्रेषण गर्छ : श्रम मन्त्री भण्डारी

images

पूर्वाधार वाच, काठमाडौं । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सही र सत्य सूचनाको अभावको कारण रोजगारीको अवसरबाट युवाहरू वञ्चित हुनु परेको बताएका छन् ।  मंगलवार मन्त्रालयमा आयोजित श्रम संसार पोर्टल सञ्चालन सम्बन्धमा सरोकारवालाहरूसँग छलफल कार्यक्रममा बोल्दै मन्त्री सही सूचनाको अभावमा युवाहरू रोजगारीको अवसरबाट वञ्चित हुनु परेको बताएका हुन् ।

मन्त्री भण्डारीले आफू मन्त्री भएर मन्त्रालयमा आएपछि दुई युवाहरू भेटेर  रोजगारी माग्न आउँदा देशभित्र कसरी एकीकृत रोजगारी सूचना दिने सन्दर्भमा आएको अवधारणा अनुसार श्रम सन्सार पोर्टलको आविष्कार भएको बताए ।  उनले भने, ‘यो केवल एक सामान्य पोर्टल मात्र होइन, मलाई विश्वास छ, यो एउटा सामाजिक क्रान्तिको रूपमा स्थापित हुनेछ, यसले युवाहरूलाई देश भित्र पनि मिहिनेत र आत्मविश्वास भर्नेछ । ‘
मन्त्री भण्डारीले देशभित्र सोस फोर्स नभए रोजगारी वा कुनै पनि अवसर पाउन नसकिने दुःखद भाष्य निर्माण भएको चिन्ता व्यक्त गर्दै क्षमता र योग्यताको आधारमा रोजगारीको अवसर सृजना गर्न यस पोर्टल मार्फत युवाहरूमा विश्वास जगाउने विश्वास व्यक्त गरे ।

वैदेशिक रोजगारका लागि उचित सूचना अभावका कारण बिचौलियाहरूले गाउँघरमा ठग्ने गरेको जिकिर गर्दै यसको सदुपयोग गरी सात सय ५३ वटा स्थानीय तहमा यसले सही सूचना सम्प्रेषण गर्ने उनले बताए ।

उनले भने, ञअब सबै स्थानीय तहमा एकीकृत रूपमा वैदेशिक तथा स्वदेशमा भएका रोजगारका अवसरहरूको सही सूचना सम्प्रेषण हुनेछ, यसले बिचौलियाहरूको धन्धा बन्द भई आफ्नै गाउँघरमा ठगिन रोकिने छ ।झ
मन्त्री भण्डारीले सबैको सहयोग, साथ र सहकार्यले सूचना प्रविधिको सही सदुपयोग गरी एकीकृत एकद्धार सूचना प्रणाली स्थापित गर्नु नै मुख्य उद्देश्य रहेको बताए ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्विस सरकारको सहयोगमा निर्माण भएको श्रम सन्सार रोजगारी पोर्टल यही मे १, विश्व मजदुर दिवस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट लन्च गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्