images
images
images

दोहोरो अंकले घट्यो नेप्से

images

पूर्वाधार वाच, काठमाडौं । 

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेप्से परिसूचक आज १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा पुगेर रोकिएको छ । जबकी, यो सोमबारको भन्दा १४ अंकले घटेको हो ।

नेप्सेसँगै सेयर कारोबारको कुल रकम पनि घटेको छ।  आज  ३११ कम्पनिको १ करोड ८४ लाख  ९१ हजार ९४१ कित्ता सेयर खरिदबिक्री हुदाँ ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँ मात्रै कारोबार हुन सकेको छ ।

जबकी, सोमबार ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो। जसअनुसार कारोबारमा आएकामध्ये ५७ स्टक्सको मूल्य बढ्दा १८८ वटाको घटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्