पूर्वाधार वाच, झापा ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कुनै पनि विकास आयोजनाहरूलाई रुग्ण हुन नदिन आग्रह गरेका छन् । हुलाकी राजमार्ग अन्तर्गत झापाका रतुवा तथा कन्काई पुलको बिहिबार निरीक्षणका क्रममा रुग्ण आयोजनाहरूको व्यवस्थापनमा मन्त्रालयले प्राथमिकताका साथ काम गरी रहेको बताए।
आयोजना जिम्मा लिने र समयमा पूरा नगर्ने प्रवृत्तिको अन्त्य हुनु पर्ने भन्दै मन्त्री दाहालले निर्धारित समयमा पूरा नभएका आयोजनाहरूका बारेमा मन्त्रालयले समिति नै बनाएर अध्ययन गरेको बताए ।
निर्माण व्यवसायीहरूलाई सक्ने जति मात्र आयोजनाहरू जिम्मा लिन आग्रह गर्दै उनले आयोजनाहरूको नियमित र प्रभावकारी नियमन गर्न कर्मचारीहरूलाई निर्देशन पनि दिए ।
मन्त्री दाहाले ती पुलहरू सहित झापामा जारी विभिन्न आयोजनाहरूको निरीक्षण एवम् अनुगमन गरेका हुन्। झापा र मोरङ जोड्ने रतुवा खोलाको पुल हालै निर्माण पूरा भएको हो । यस्तै कन्काई खोलामा निर्माणाधीन पुल केहि समय निर्माण अवरुद्ध भई पुनर्निर्माण सुरु भएको हो ।
सो पुलमा हाल स्ल्याव ढलान गरिएको छ । उक्त ढलानमा केहि समय पछि भारबहन क्षमता जाँच गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्