images
images
images

गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल

images

पूर्वाधार वाच, काठमाडौं ।

वीरगञ्जस्थित गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि छलफल भएको छ ।

सडक डिभिजन कार्यालय हेटौँडाको सडक विस्तार योजनाबाट घना आवादी क्षेत्रका सयौँ घर भत्किई हजारौँ मानिस विस्थापित हुने तथा थुप्रै मानिसको रोजगारीसमेत गुम्ने पुनासोसहित विरोधमा उत्रिएका स्थानीयको माग पूरा गराउने सन्दर्भमा आज छलफल भएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले यसका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग छलफल गरे ।

उनले ‘वीरगञ्ज युवा तथा व्यापारी सडकपीडित सङ्घर्ष समिति’ का संयोजक कुन्दन रौनियारसहित विभागीय मन्त्री दाहालसँग छलफल गरेका हुन् ।

स्थानीयले उक्त सडक विस्तार गर्दा बढीमा १५ मिटरसम्म मात्रै भत्काउन माग गर्दै आएका छन् । छलफलमा मन्त्री दाहालले त्यसबारेमा बुझेर समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्