images
images
images

स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्सलाई १८ वटा जुबाओ भ्यान हस्तान्तरण

images

पूर्वाधार वाच, काठमाडौं ।

आर्श ग्रुपद्वारा स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्स प्रालिलाई १४ सिटर १८ ओटा जुबाओ भ्यान हस्तान्तरण गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक समारोहकाबीच आर्श ग्रुप प्रालिले स्वयम्भू हारती टूर्स एण्ड ट्राभल्स प्रालिलाई उक्त भ्यान हस्तान्तरण गरेको हो ।
जुबाओ इभी भ्यान चीनको फर्ट अटोमोबाइल वर्कस जिलिनद्वारा उत्पादन गरिएको अत्याधुनिक इलेक्ट्रिक गाडी हो । जुन विशेषगरी समूह यात्रा, शटल सेवा र व्यावसायिक यातायातका लागि उपयुक्त मानिन्छ ।

गाडीले पर्यावरणमैत्री र सस्तो सञ्चालन खर्चका साथ यात्रामा आरामदायिक सुविधा प्रदान गर्छ । आर्श ग्रुपद्वारा नेपाली बजारमा उपलब्ध गराइँदै आएको भ्यान, हरित र दिगो यातायातको उत्कृष्ट विकल्प बनेको छ ।

जुबाओ ईभी भ्यान नेपाली बजारमा आश ग्रुपको पूर्ण प्रतिबद्धतासाथ प्रस्तुत गरिएको छ । यो गाडीले यातायातको गुणस्तर सुधार गर्दै, वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पु-याउने साथै नेपाललाई दिगो र हरित भविष्यतर्फ अघि बढाउने प्रालिको विश्वास रहेको छ ।

प्रालिको शाखाहरु धनगढी, नेपालगञ्ज, बुटवल, सुर्खेत, पोखरा, चितवन, इटहरी, बिर्तामोड र काठमाडौंमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्