images
images
images

राष्ट्र बैंकको १८औं गभर्नरमा प्रा.डा. पौडेल नियुक्त

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको प्रवक्ता एंव सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

उनले भने, ‘डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सिफारिस समितिले सिफारिस गरेको मध्यबाट नियुक्त गर्ने निर्णय भएको छ । एकदमै लामो प्रतिक्षामा रहेको विषयको आज टुङ्गो भएको छ ।’

पौडेल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त भएका हुन् । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो, जसमा पहिलो नम्बरमा पौडेल रहेका थिए भने दोस्रोमा निलम ढुंगाना र तेस्रोमा दिनेश भट्टराई रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्