images
images
images

मनसुनजन्य विपद् प्रतिकार्यको तयारी थाल्न सरकारलाई निर्देशन

images

पूर्वाधार वाच, काठमाडौं ।

संसदीय समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न तीन तहकै सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न निर्देशन दिएको हो ।

समितिको तर्फबाट निर्देशन दिँदै सभापति सोनाम गेल्जेन शेर्पाले बैठकले आगलागी, भूकम्प, मनसुनजन्य विपद् लगायत भविष्यमा हुनसक्ने अन्य विपद् जोखिम न्यूनीकरणका लागि तयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।

बैठकले जोखिम न्यूनीकरण, प्रतिकार्य र विपद् पूर्ण लाभ कार्यहरू तहगत सरकार एवं अन्तर मन्त्रालय समन्वय तथा सहकार्य कायम राख्दै सामाजिक परिचालनमार्फत समेत विपद् व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्