images
images
images

मर्दी खोलाको ड्याममा पौडी खेल्दा दुई बालकको मृत्यु

images

पूर्वाधार वाच, पोखरा ।

कास्की जिल्लाको पोखरा महागनरपालिका–२५ हेम्जा स्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ ।

सोही जिल्लाको माछापुच्छ्रे गाउँपालिका–६ बस्ने १४ वर्षिय बिशाल परियार र १३ वर्षिय विवश परियार पौडी खेल्ने क्रममा जेठ १५ गते दिउँसो करीव १:४५ बजे डुवेर बेपत्ता भएका थिए ।

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र कटवालको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले दुवै जनाको शव करीव २० फिट गहिराईबाट बाहिर निकालेको हो ।

सो टोलीले खोजीकार्य गर्ने क्रममा विवश परियारको शव १४:१० बजे र बिशाल परियारको शव ३ बजे फेला पारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्