images
images
images

पठाओले भन्यो- भाडा बढाएका छैनौं, अफलाइन राइड नगरौं !

images

पूर्वाधार वाच, काठमाडौं ।

राइड सेयरिङ सेवा दिइरहेको पठाओले आज सार्वजनिक यातायात अवरुद्ध भएको समयमा भाडा नबढाएको दाबी गरेको छ ।

पठाओ र इनड्राइभ जस्ता राइड सेयरिङ सेवा दिएका कम्पनिले भाडा बढाएको चर्चा सामाजिक सञ्जालमा भएपछि पठाओले आफुहरुले नियमित शुल्क मात्रै लिएको बाधा वृद्धि नगरेको स्पष्ट गरेको छ ।

पठाओले बरु यात्रुहरुलाई परेको असहज परिस्थितीमा सहजीकरण गर्न राइडरहरुलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर राइडरहरुलाई धेरै राइड गर्न प्रोत्साहन गरिरहेको जानकारी दिएको छ ।साथै पठाओले अफलाइन यात्रा नगर्न यात्रुहरुलाई अनुरोध पनि गरेको छ ।

अफलाइन यात्रा गर्दा विभिन्न ब्यक्ति ठगी, डकैती, दुर्ब्यबहारमा परेको घटना यस अगाडि पनी आउने भन्दै अफलाइन यात्रा गर्दा सो को रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्