पूर्वाधार वाच, काठमाडौं ।
नेकपा एकीकृत समाजवादी ललितपुर जिल्ला कमिटीको आयोजनामा ‘सुशासन र रोजगारी : समाजवादको तयारी’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
बिहीबार ललितपुरमा सम्पन्न उक्त विचार गोष्ठीमा सहभागी वक्ताहरूले भ्रष्टाचारमुक्त प्रशासन, पारदर्शी नीति कार्यान्वयन, नागरिक सहभागिता, युवालाई रोजगारीमा समावेश गर्ने उपाय, स्वरोजगारको प्रवर्द्धन, प्राविधिक शिक्षा तथा सीप विकासलगायतका विषयमा विचार व्यक्त गर्नुभएको छ ।
समाजवादको तयारीका लागि समान अवसर र स्रोतहरूको न्यायपूर्ण वितरण, सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, र राज्यद्वारा सेवाप्रदायनको मजबुतीकरणमा पार्टीका पोलिटब्युरो सदस्य प्रेमल कुमार खनालले जोड दिनुभयो ।

समाजवाद प्राप्तिका लागि आवश्यक पर्ने सुशासन र रोजगारीका सवालमा बहस, सुझाव र रणनीतिक तयारीको उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण थापाले जानकारी दिनुभयो ।
गोष्ठीमा पार्टीका पोलिटब्युरो सदस्य प्रेमल कुमार खनाल, जिल्ला इन्चार्ज कृष्णलाल महर्जनलगायतका नेता कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको थियो । यस्तै गोष्ठीमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता थियो ।
गोष्ठीमा समाजवादको स्पष्ट मार्गचित्र निर्माणका लागि साझा संकल्प पनि व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्