images
images
images

ठेकेदार सांसद ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, ६ करोड ७९ लाख बढी बिगो दाबी

images

पूर्वाधार वाच, काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तारूढ नेकपा (एमाले) मधेस प्रदेशका सांसद दीपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरूद्ध भष्टाचारको मुद्दा दायर भएको छ।

औरही गाउँपालिकाको १५ शय्या अस्पताल भवन निर्माणमा अनियमितताको आरोपमा ठाकुरसहित १७ जनाविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

६ करोड ७९ लाख १२ हजार ३८३ विगोसहित मुद्दा दायर गरिएको विशेष अदालतको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

ठाकुर धनुषा क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित सांसद हुन्। ठाकुरविरूद्ध भष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वत: निलम्बनमा परेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्