images
images
images

स्याङ्जामा रास्वपा नेतामाथि कांग्रेसका वडाध्यक्षद्वारा रड प्रहार

images

पूर्वाधार वाच, काठमाडौं ।

स्याङ्जामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता दिनकर नेपालमाथि कांग्रेसबाट निर्वाचित वडाध्यक्षले रड प्रहार गरेका छन् ।

वालिङ नगरपालिका वडा नं. १० का वडाध्यक्ष सुनिल खनालसहितको टोलीले आफूमाथि आक्रमण गरेका नेता नेपालले बताए ।

रड प्रहारबाट उनको हातमा चोट लागेको छ, भने हेल्मेटमा समेत क्षति पुगेको छ ।

आँधी खोला संरक्षण अभियानमा सहभागी भएर मोटरसाइकलमा फर्किएका नेपालसहितमाथि रड प्रहार गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्