images
images
images

दुई प्रतिशतले घट्यो सिटिजन्स बैंकको नाफा

images

पूर्वाधार वाच, काठमाडौं ।

सिटिजन्स बैंकको नाफा दुई प्रतिशतले घटेको छ । बैंकले अघिल्लो वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्षको चौथो त्रैमाससम्म २ प्रतिशत कम खुद नाफा गरेको हो । बैंकले गत आवको चौथो त्रैमाससम्म १ अर्ब २९ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

अघिल्लो वर्षको चौथो त्रैमाससम्म कम्पनीले १ अबै ३२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ७२ करोड रुपैयाँबाट बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको कारण नाफा घटेको हो ।

बैंकको वितरणयोग्य नाफा भने ६१ करोड ३२ लाख रुपैयाँबाट बढेर ७७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । निक्षेप संकलन १२ प्रतिशतले र कर्जा प्रवाह ११ प्रतिशतले बढेको छ । निष्क्रिय कर्जा अनुपात ४.१० प्रतिशतबाट ४.९४ प्रतिशत पुगेको छ ।

हाल बैंकको चुक्तापूँजी १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी, जगेडा कोष ७ अर्ब ४० करोड रुपैयाँभन्दा बढी छ । प्रतिशेयर आम्दानी (EPS) ८ रुपैयाँ ७६ पैसा र प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्