images
images
images

सुनसरीमा बस र माइक्रो ठोक्किँदा ४ जनाको मृत्यु, २३ घाइते

images

पूर्वाधार वाच, इटहरी ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा सप्तरीका अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीका अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगर बस्ने अशोक यादव र अन्दाजी ४५ वर्षीया महिलाको ज्यान गएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । घाइतेमध्ये मोरङ, खोटाङ, उदयपुर, झापा, इलाम, सप्तरी र सुनसरीका बासिन्दा रहेका छन ।

प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था सामान्य छ भने केही मध्यम चोटग्रस्त छन् । उनीहरुको उपचार बिराटनगरस्थित गोल्डेन अस्पताल, बिराट नर्सिङ होम र जिल्ला अस्पताल इनरुवामा भइरहेको छ ।
घाइतेको विवरण :

१० अम्बिका राई, मोरङ सुन्दरहरैचा–९
२० निरुता परियार, खोटाङ रावावेसि–२
३० निर्मल परियार, ३८ वर्ष, खोटाङ
४० रबिन्द्र प्र. मण्डल, सप्तरी मन्धवे–६
५० रेनुका श्रेष्ठ, ५० वर्ष, उदयपुर चौदण्डीगढी–५
६० खगेन्द्र थापा, ३८ वर्ष, झापा शिवसतासी–५ (सामान्य)
७० सन्तोष खत्री, ५३ वर्ष, झापा भद्रपुर–९ (सामान्य)
८० दिपक बि.क., २० वर्ष, उदयपुर बेलस्रोत–१ (सामान्य)
९० सविन राई, ३६ वर्ष, इलाम चुलाचुलि–३ (सामान्य)
१०० रविन्द्र मेहता, सप्तरी धिकुति–६
११० जिवछ महात्मा, ६८ वर्ष, सप्तरी गोईठी–३
१२० नेत्रलाल गिरी, ८४ वर्ष, खोटाङ हलेसी तुवाचुङ–१० (सामान्य, डिस्चार्ज|)
१३० केदार गिरी, अन्दाजी ३९ वर्ष, खोटाङ (सामान्य, डिस्चार्ज)
१४० सत्य राई, २० वर्ष, झापा अर्जुनधारा–१ (मध्यम)
१५० रुद्र राय, १० वर्ष, सप्तरी राजविराज–६
१६० सोभा यादव, ४८ वर्ष, मोरङ विराटनगर–१०
१७० प्रमोद रजक, ४४ वर्ष, सप्तरी राजविराज–१२ (सामान्य)
१८० रवि राय, २२ वर्ष, सप्तरी तिलाठी–५
१९० भोला यादव, २४ वर्ष, सप्तरी राजविराज–२ (मध्यम)
२०० प्रदिप यादव, अन्दाजी ३५ वर्ष, सप्तरी राजविराज तेतरी गाछी
२१० जोगिन्द्र दास (बाबा), ६० वर्ष, सुनसरी कोशी गा.पा.–६ (मध्यम)
२२० अमृता राय, ३० वर्ष, सप्तरी डाक्नेश्वरी–३ (मध्यम)
२३० सन्तोष बास्तोला, २१ वर्ष, सप्तरी राजविराज–४ (मध्यम, डिस्चार्ज, माईक्रोबस सह–चालक)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्