पूर्वाधार वाच, काठमाडौं ।
चितवनको खैरहनीस्थित नापी कार्यालयका प्रमुख इन्जिनियर शालिग्राम लम्सालमाथि कार्यालय परिसरभित्रै भौतिक आक्रमण तथा दुर्व्यवहार भएको घटनाप्रति नेपाल इन्जिनियर्स एशोसिएसनले आपत्ति जनाएको छ ।
बुधबार एक प्रेस विज्ञप्तिमार्फत् एशोसिएसनका महासचिव ई. विनोदप्रकाश पण्डितले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दे कडा भर्त्सना गरेका छन् ।
महासचिव पण्डितद्वारा जारी विज्ञप्तिमा घटनालाई अमर्यादित र अशोभनीय भनिएको छ।
विज्ञप्तिमा राजनीतिक शक्तिको दुरुपयोग गर्दै चन्दाको नाममा राष्ट्रसेवक कर्मचारीसँग अनधिकृत रूपमा ठूलो रकम माग गर्ने, प्रभावमा पार्ने, दबाब र धम्की दिने, र मागअनुसार रकम नदिँदा सांघातिक हमला गर्ने अराजक समूहहरूको गतिविधि अस्वीकार्य र गैरकानूनी भएको उल्लेख छ।
एशोसिएसनले यस्ता घटना बारम्बार दोहोरिन नदिन सरकार र सरोकारवालालाई सचेत रहन आग्रह गरेको छ। साथै, आक्रमणमा संलग्न सम्पूर्ण दोषीलाई तत्काल पक्राउ गरी विद्यमान कानुन अनुसार कडा कारबाही गर्न एशोसिएसनले नेपाल सरकार र स्थानीय प्रशासनसमक्ष जोडदार माग समेत गरेको छ ।
‘राजनीतिक शक्तिको दुरुपयोग गर्दै राष्ट्रसेवक कर्मचारीमाथि अनधिकृत रकम माग, दबाब, धम्की र भौतिक आक्रमण गर्नु अस्वीकार्य र गैरकानूनी हो।’, विज्ञप्तिमा भनिएको छ ।
नापी कार्यालय प्रमुख ई. लम्सालमाथि साउन २७ गते (मंगलबार) दिउँसो कार्यालय परिसरमै आक्रमण भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्