images
images
images

कुलमान घिसिङ र ब्रिटिस सांसद एलेक्स बेकरबीच भेटवार्ता

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक तथा उज्यालो नेपाल अभियानका प्रस्तावक कुलमान घिसिङ र ब्रिटिस सांसद तथा नेपालका लागि सर्वदलीय सांसद समूह (एपीपीजी) का नेता एलेक्स बेकर बिच भेटवार्ता भएको छ ।

मङ्गलबार (हिजो) बेलायतमा नेता बेकर र घिसिङबीच भेटवार्ता भएको हो । भेटमा नेपाल–बेलायत सम्बन्ध, नेपालको ऊर्जा क्षेत्र, हरित हाइड्रोजन प्रवद्र्धन, जलवायु परिवर्तनले नेपालमा पारेको असर, बेलायती गोर्खा आर्मीको पेन्सन, नेपालको वर्तमान राजनीतिक अवस्था, उज्यालो नेपाल अभियानलगायतका विषयमा छलफल गरिएको छ ।

बेकरले नेपालको विभिन्न विषयमा चासो राख्दै सहयोगको प्रतिबद्धता जनाएकी छन् । सो भेटमा नेपाल–बेलायतबीचको द्विपक्षीय जीटूजी गोर्खा मुद्दाका प्रमुख वार्ताकार तथा सचिव मेजर (सेवानिवृत्त) जुद्बहादुर गुरुङ, एपीपीजी नेपालकी सचिव प्रेमिला भान ओमेन तामाङ र एल.एन. पाण्डेलगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्