images
images
images

एमसीसी परियोजना : २९७ किलोमिटर प्रसारण लाइन निर्माणको सम्झौता

images

पूर्वाधार वाच, जनकपुर ।

मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) परियोजनाअन्तर्गत २९७ किलोमिटरको विद्युत प्रसारण लाइन निर्माणका लागि आज सम्झौता हुँदैछ । एमसीसीका परियोजनाको निर्माणतर्फ नेपाली कम्पनीले पाएको यो नै पहिलो ठेक्का हो । यसअघि उक्त परियोजनाअन्तर्गत एक प्रसारणलाइन र तीन सबस्टेसन निर्माणको ठेक्का विदेशी कम्पनीले पाएका थिए ।

एमसीए नेपालका अनुसार दुई प्याकेजमा निर्माण हुन लागेको यस प्रसारण लाइनको रातमाटे–नयाँ दमौली खण्ड निर्माणका लागि एमरएस एञ्जेलिक–स्किपर जेभीले ठेक्का पाएको छ । उक्त कम्पनीले ७७.४८ मिलियन अमेरिकी डलरमा (बुधवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार १० अर्ब ८९ करोड रुपैयाँभन्दा बढी) सम्झौता हुन लागेको हो ।

त्यसैगरी, नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन निर्माणका लागि नेपाली कम्पनीले नेतृत्व गरेको संयुक्त उपक्रम वाइबा–सलासर जेभीले ठेक्का पाएको छ । उक्त ठेक्काको लागत ७७.०३ मिलियन अमेरिकी डलर (बुधवारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार १० अर्ब ८३ करोड रुपैयाँभन्दा बढी) छ ।

नेपाल सरकार र अमेरिकी सरकारको संयुक्त वित्तपोषणमा सञ्चालन हुने यस परियोजनामा कुल १५४.५१ मिलियन अमेरिकी डलर बराबरको सम्झौता हुने एमसीए–नेपालले जानकारी दिएको छ । एमसीसीअन्तर्गत प्रसारण लाइन निर्माणसँगै सडक मर्मतसम्भार लगायतका काम सञ्चालन हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्