images
images
images

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीलाई दस्तुर ताेकियाे, कुनलाई कति ?

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

अब नागढुङ्गा सुरुङमार्गमार्फत् कार/भ्यानहरूले काठमाडौं आउँदा ६५ रुपैयाँ तिर्नुपर्नेछ भने काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

यस्तै मिनी बस/ट्रकको काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

यता बस तथा ट्रकहरुले काठमाडौं आउँदा २६० रुपैयाँ र जाँदा २०० रुपैयाँ तिर्नुपर्ने सरकारले निर्णय गरेको छ ।

भारी उपकरणहरुले समेत सुरुङमार्ग प्रयोग गर्न पाउनेछन् । उनीहरुले काठमाडौं आउँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने सरकारका प्रवक्ता गुरुङले जानकारी दिए ।

नागढुंगा सुरुङमार्ग केही समयपछि सञ्चालनमा ल्याउने समेत सरकारको तयारी छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णयहरु

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्