images
images
images

आगामी ८ वर्षभित्र बनिसक्नेछ कोटेश्वर अन्डरपास, के-के बन्दैछन् नयाँ संरचना ?

images

पूर्वाार वाच, काठमाडौं ।

कोटेश्वर अन्डरपास वि.सं.२०९० मा बनिसक्ने भएको छ । सरकारले तयार गरेको समय तालिका अनुसार उक्त संरचना २०९० भदौ १५ गतेमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

जापान सरकारको झन्डै ३० अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको लागि यही सेप्टेम्बरमा ऋण सम्झौता हुनेछ ।

आगामी वर्ष चैतसम्ममा डीपीआर तथा ईआईएको लागि परामर्शदाता कम्पनीसँग सम्झौता गर्ने र एक वर्षभित्र त्यसको प्रक्रिया टुङ्ग्याउने कार्यतालिका छ ।

उक्त परियोजनाका लागि त्यसपछि निर्माण कम्पनी छनोटको ठेक्का प्रक्रिया सुरु हुनेछ । २०२८ अप्रिलमा ठेक्का सम्झौता गर्ने र त्यसको ५२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यस अनुसार तीनकुनेदेखि त्रिभुवन विमानस्थलसम्म ६६४ मिटरको फ्लाइओभर बन्नेछ । विमानस्थलभित्र ७०० मिटरको सुरुङ तथा त्रिभुवन विमानस्थलदेखि जडिबुटी हुँदै मनोहरासम्म २३८ मिटरको अर्को फ्लाइओभर बन्नेछ ।

अहिले उक्त परियोजनाका लागि जापानी सहयोग नियोग जाइकाले परामर्शदाता छनोट गरी प्रारम्भिक सर्वेक्षण रिपोर्ट तयार गरेको सडक विभागले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्