images
images
images

वीर गणेशमान स्मृति भवन र कृष्णसेन इच्छुक स्मृति भवन विवाद, यस्तो छ वास्तविकता

images

पूर्वाधार वाच, काठमाडौं । 

काठमाडौं  महानगरपालिका वडा नं. २९ मा निर्मित वीर गणेशमान सिंह ज्येष्ठ नागरिक भवनको जग्गालाई यसअघि नै मन्त्रिपरिषद्ले भोगाधिकार दिएको खुलासा भएको छ ।

वि.सं २०६८ मै दिवंगत पत्रकार कृष्णसेन इच्छुकको नाममा बनेको स्मृति भवनको मन्त्रिपरिषद्बाट भोगाधिकार लिएको प्राधिकरण स्रोतले बतायो ।

मन्त्रिपरिषद्बाट भोगाधिकार लिएर बनाएका जग्गा तथा भौतिक संरचना कानुनसम्मत नै रहने भूमि सम्बन्धीका जानकारहरू बताउँछन् ।

यसअघि विभिन्न सञ्चार माध्यममा वीर गणेशमान सिंह ज्येष्ठ नागरिक भवन र  दिवंगत पत्रकार कृष्णसेन इच्छुकको नाममा बनेको स्मृति भवन सार्वजनिक जग्गा मिचेर भवन बनाएको भन्दै समाचारहरू प्रकाशन तथा प्रसारण भइरहेकोमा उक्त जग्गाबारे हाल विवादको अर्थ नरहेको पनि स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्