images
images
images

फुटबल रंगशाला बनाउन जग्गा प्राप्तिको प्रकृया अगाडि बढ्यो

images

पूर्वाधार वाच, काठमाडौं ।

भक्तपुरको सूर्यविनियक नगरपालिकाले जगातीमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणका लागि जग्गा प्राप्तिका आवश्यक प्रकृया अगाडि बढाएको छ ।

भदौ ३ गतेको नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । सो जग्गा प्राप्तिका लागि राष्ट्रिय खेलकुद परिषद्ले गत असार ५ गते जग्गा प्राप्तिका सम्बन्धमा नगरपालिकालाई पत्रचार गरेको थियो ।

निर्णय कार्यान्वय भएपछि रंगशाला निर्माणका लागि २ सय रोपनी भन्दा बढी जग्गा प्राप्त हुनेछ । जग्गा प्राप्ति सम्बन्धी पत्र अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिबद्धता र राखेपका सदस्य–सचिव टंकलाल घिसिङको सक्रिएतामा जग्गा प्राप्तिको विषय अगाडि बढेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्