पूर्वाधार वाच, काठमाडौं ।
कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
यसअघि पनि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको थियो ।
गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो ।
केही समयपछि पहिरो पन्छाएर राजमार्ग सुचारु गर्ने प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्