पूर्वाधार वाच, काठमाडौं ।
श्रीलङ्काको राजधानी कोलोम्बोमा भएको साफ यू–१७ च्याम्पियनसिपमा नेपालले घरेलु टोली श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ ।
कोलोम्बोस्थित कोलोम्बो रेसकवर्समा आज भएको समूह ए अन्तर्गतको खेलमा नेपालले श्रीलङ्कालाई २–० गोलअन्तरले पराजित गरेको हो ।
नेपालको जितमा दुवै गोल समिर कुमारले गरे । उनले खेलको ५२औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । खेलको दोस्रो हाफको ‘इन्जुरी’ समयको तेस्रो मिनेटमा समिरले गोल गर्दै नेपाललाई २–० को जित दिलाए । नेपालले अब दोस्रो खेल आगामी असोज २ गते बङ्गलादेशसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्