
पूर्वाधार वाच, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सचेत रहन अनुरोध गर्दै शनिबार ५० लाख बाढी पूर्वसूचनासम्बन्धी सङ्क्षिप्त सन्देश (एसएमएस) पठाएको छ ।
बाढीको जोखिम भएका स्थानका सर्वसाधारणलाई नेपाल टेलिकम र एनसेलसँगको समन्वयमा सतर्क रहने सन्देश प्रवाह गरिएको विभागका बाढीविद् विनोद पराजुलीले बताए ।
उनले भने, ‘शनिबार हामीले ५० लाख एसएमएस पठायौँ । परिणामस्वरुप बाढीको जोखिम भएका क्षेत्रका मानिस सुरक्षित स्थानमा गएर बसेको पाइयो ।’
पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पूर्वतयारी तथा पूर्वसूचनामा पर्याप्त लगानी आवश्यक भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्