पूर्वाधार वाच, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आज(शनिबार) देखि भोलि (आइतबार) बिहानसम्म अत्ति भारी वर्षा हुने सम्भावना रहेको बताएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङद्वारा शनिबार आयोजित बैठकमा बोल्दै उनले शनिबार साँझ ८ बजेदेखि आइतबार विहान ८ बजेसम्म अत्ति भारी वर्षा र राति १० बजेदेखि विहान २ बजेसम्म बढी जोखिम हुने सम्भावना रहेको बताए ।

बागमती, मधेश, लुम्बिनी, गण्डकी प्रदेशका वासिन्दाहरुलाई सचेत रहन उनले आग्रह गरे । उनले नदी किनारमा बस्ने र यातायातमा रहनुभएका सर्वसाधारणहरुलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्