images
images
images

विदेशी लगानीकर्तासँगको समन्वयलाई प्रभावकारी बनाउन अर्थमा फोकल युनिट

images

पूर्वाधार वाच, काठमाडौं ।

अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरुसँगको समन्वयलाई प्रभावकारी बनाउन एक फोकल युनिट स्थापना गरेको छ ।

विदेशी लगानीकर्ताका लागि गर्नुपर्ने सहजीकरण तथा समन्वय र अन्य मन्त्रालय तथा निकायसँग विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत युनिट स्थापना गरेको हो ।

विदेशी लगानीकर्ताका लागि मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैंकिङ तथा राजस्वसँग सम्बन्धित विषयमा यस युनिटले आवश्यक समन्वय गर्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्