images
images
images

कदर बचत तथा ऋण सहकारीको १६औं वार्षिक साधारण सभा सम्पन्न, विविध निर्णय पारित

images

पूर्वाधार वाच, काठमाडौं |

कदर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौंले आफ्नो १६औं वार्षिक साधारण सभा भव्यरूपमा सम्पन्न गरेको छ। सभाले सहकारीको आर्थिक, प्रशासनिक तथा सञ्चालनगत अवस्थाबारे विस्तृत समीक्षा गर्दै आगामी वर्षका लागि महत्वपूर्ण निर्णयहरू पारित गरेको थियो |

कार्यक्रम फ्रेण्ड्स पार्टी भेन्यु, कालिमाटीमा सम्पन्न भएको थियो। सभामा संस्थाका अध्यक्ष बिरेन्द्र्मान शाक्यले गत आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन, आर्थिक विवरण तथा आगामी वर्षका योजना प्रस्तुत गरेका थिए। सभामा संस्थाका शेयर सदस्यलाई २.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिएको अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिए।

सभामा प्रस्तुत प्रमुख प्रतिवेदन र निर्णयहरू

१. आर्थिक वर्ष २०८१/२ को प्रतिवेदन प्रस्तुत

सहकारीको चालु आर्थिक स्थितिबारे विस्तृत प्रतिवेदन सभामा प्रस्तुत गरियो। सहकारीको कर्जा प्रवाह, सदस्य वृद्धिदर, ब्याज दर समायोजन, आन्तरिक शासन सुधार जस्ता विषयहरू प्रतिवेदनको मुख्य केन्द्रीय बिन्दु बने।

२. आर्थिक विवरण २०८१/८२ को वार्षिक आय–व्यय, नाफा–नोक्सान र बैलेन्ससिट सभामा प्रस्तुत गरिएपछि सदस्यहरूको बहुमतले अनुमोदन गरियो |

 ३. प्रमुख योजनाहरू

सभाले आगामी वर्षका लागि निम्न योजनाहरू अघि सारेको छ जस्तै सहज र छरितो कर्जा सेवा विस्तार, बचत परिचालनमा आधुनिक सूचना प्रविधि, प्रणाली सुदृढीकरण जोखिम व्यवस्थापन, कर्जा सुरक्षण र अनुगमन प्रणाली थप प्रभावकारी बनाउने सहकारीको सदस्य संख्या वृद्धि गर्ने रणनीति सेवा शुल्क, ब्याज दर आदि समायोजन गर्दै प्रतिस्पर्धी सेवा प्रदान गर्ने |

४. ऋण नीति संशोधन तथा अद्यावधिक र विद्युतीय भुक्तानी सेवा सम्बन्धी कार्यविधी संशोधन पारित गरियो | २०८२/८३ को लेखा परीक्षक नियुक्ति जस्ता प्रावधानहरू पनि पारित गरिए।

५. प्रतिनिधि चयन

सभामा सहभागी सदस्यहरूको तर्फबाट हस्ताक्षर प्रमाणीकरण गर्न प्रतिनिधि नियुक्त गर्ने निर्णय पनि सभामा गरियो।

सदस्यको विश्वासले सहकारी मजबुत बनेको अध्यक्षको भनाइ अध्यक्षले संस्थाले विगत वर्षमा ऋण विस्तार, बचत वृद्धि, सदस्य आर्थिक सशक्तिकरण तथा सहकारी क्षेत्रमा सकारात्मक प्रभाव पार्न सफल भएको भन्दै सबै सदस्य, कर्मचारी तथा हितग्राहीप्रति आभार व्यक्त गरे।

सभामा संस्थाको विविध गतिविधीहरु तथा पक्षहरुको सम्बन्धमा संस्थाका कार्यकारी प्रमुख बलराम डंगोलले प्रकाश पार्नुको साथै सहकारी शिक्षा सम्बन्धी छोटकरीमा मौखिक प्रस्तुती समेत दिनु भएको थियो । नीजले उक्त साधारण सभामा शेयर सदस्यहरुले उठाउनु भएको जिज्ञासा तथा प्रश्नहरुको समेत उत्तर दिनु भएको थियो । सभाको अन्त्यतिर संस्थाका सदस्यहरुका ८ छोरा छोरीहरुलाई एस.ई.ई. सम्मान गरिएको थियो भने मिस नेवाः आईकन ने.सं. ११४५ रोजिका बज्राचार्यलाई विशेष सम्मान समेत गरिएको थियो ।

१६औं साधारण सभासँगै कदर बचत तथा ऋण सहकारीले आफ्नो नयाँ आर्थिक वर्षका लागि रणनीतिक र प्रगतिशील मार्गचित्र तय गरेको छ। सहकारी क्षेत्रलाई अझ सुदृढ बनाउने उद्देश्यसहित संस्था अघि बढ्न प्रतिबद्ध देखिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्