images
images
images

मंगलदीप बचत तथा ऋण सहकारीले ११औँ वार्षिक साधारणसभा सम्पन्न, प्रमुख सूचकांकमा स्थिर प्रगति

images

पूर्वाधार वाच, ललितपुर |

मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण तथा ०८२/०८३ का लागि कार्ययोजना सहित आफ्नो ११औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले गत आर्थिक वर्षका प्रमुख वित्तीय विवरण सार्वजनिक गर्दै आगामी वर्षका लक्ष्यहरू पनि प्रस्तुत गरेको छ। संस्थाले वित्तीय समावेशीकरण, आर्थिक सशक्तीकरण तथा पारदर्शी सहकारी सुशासनप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै २०८२ कार्तिक २२ गते ललितपुर लगनखेलस्थित साझा ब्याङ्क्वेटमा ११औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

सदस्य सङ्ख्या ३,३६८ पुग्यो

आ.व. २०७९/०८० मा सहकारीमा महिला १,१३३ र पुरुष २,२२५ गरी जम्मा ३,३६८ सदस्य रहेको संस्था जनाएको छ।

शेयर पूँजी वृद्धि

गत वर्षको शेयर पूँजी रु. २,२१,६६,६०० रहेकोमा चालु आर्थिक वर्षमा यो घटेर रु. २,०९,९४,९०० पुगेको छ।
आगामी आ.व. २०८२/०८३ मा भने
२ करोड १५ लाख रुपैयाँ शेयर पूँजी पुर्‍याउने लक्ष्य लिएको छ।

बचत सङ्कलन र लगानी

  • गत आर्थिक वर्षमा कुल बचत रु. १५,९५,०३,६५८ रहेकोमा आ.व. २०८०/०८१ मा ३.६३% वृद्धि भई बचत रु. १६,५३,०९,५८०.३३ पुगेको सहकारीले जनाएको छ।
  • कर्जा लगानी भने रु. १५,२७,२२,६६९ बाट घटेर रु. १४,८४,५७,३३७.६१ मा पुगेको छ।

आय–व्यय विवरण

सहकारीले आ.व. २०८१/०८२ मा विभिन्न शीर्षबाट कुल आय रु. २,४८,४९,१०५.२९ आर्जन गरेको छ।
उता खर्चतर्फ कर्मचारी खर्च, सञ्चालन खर्च तथा अन्य खर्च गरी
रु. २,२९,७३,७८७.२७ खर्च भएको छ।

नाफा–नोक्सान

संस्थाले आ.व. ०७९/०८० मा कुल आम्दानी रु. २,३२,७८,५६९.५९ र कुल खर्च रु. २,१३,७८,७८७.२७ गरेपछि
जम्मा नाफा रु. १८,९९,७८२.३२ प्राप्त गरेको छ।

चालु वर्ष सहकारीको विभिन्न कोषमा रहेको रकम :

  • जगेडा कोष — रु. ३२,८०,४३४.९५
  • सहकारी प्रवद्र्धन कोष — रु. १२,६६,६६८.६६
  • शेयर लगानी कोष — रु. १६,५८,१२२.९६
  • दुर्भावना ऋण कोष — रु. ९,०१,६६५.४४
    जम्मा:
    रु. ८६,५८,८०७.४८

त्यस्तै, ऋण जोखिम व्यवस्थापन कोषमा रु. ५०,२८,७५०.५१ रहेको उल्लेख छ।

सहकारीले २०८२/०८३ का लागि प्रस्तुत कार्ययोजनामा  बचत तथा कर्जा विस्तार, सदस्यमुखी कार्यक्रम, कर्मचारी क्षमता अभिवृद्धि तथा तालिम, सहकारी मूल्य र सिद्धान्त अभिवृद्धि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी कार्यक्रममा सहभागिता जस्ता लक्ष्यहरू राखिएको छ। संस्थाले आगामी वर्षमा कुल बचत रु. १७ करोड ६० लाख, कर्जा लैज्मा रु. १६ करोड र सेवा विस्तारका विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्