पूर्वाधार वाच, ललितपुर ।
नेपाल पोलिमर इन्स्टिच्युट (NPI) र नेशनल इन्स्टिट्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीले युवा वैज्ञानिक शिखर सम्मेलन (YSS–2025) को दशौं संस्करण ललितपुरको कुपन्डोलस्थित नेशनल इन्स्टिच्यूट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा गर्ने घोषणा गरेका छन्।
उक्त सम्मेलन सन् २०२५ डिसेम्बर २६–२७ का दिन सञ्चालन हुनेछ। कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरिएको सम्मेलनमा देशभरका युवा वैज्ञानिक, अनुसन्धानकर्ता र नवप्रवर्तकहरूको सहभागिता रहनेछ।
कार्यक्रममा पाँच विषयगत श्रेणी—भौतिक विज्ञान, गणित, इन्जिनियरिङ तथा रोबोटिक्स, कम्प्यूटर विज्ञान तथा कृत्रिम बुद्धिमत्ता, रासायनिक तथा वातावरण विज्ञान, जीव विज्ञान तथा स्वदेशी ज्ञान र स्थानीय प्रविधि—अन्तर्गत अनुसन्धान परियोजनाहरू प्रस्तुत गरिनेछ।
आयोजकका अनुसार प्रतिस्पर्धामा परियोजनाहरूको नवीनता, मौलिकता, वैज्ञानिक विधि र प्रस्तुतीकरणका आधारमा मूल्यांकन हुनेछ। हरेक श्रेणीका उत्कृष्ट परियोजनालाई ‘युवा वैज्ञानिक’ उपाधि, पदक र प्रमाणपत्र प्रदान गरिनेछ। विजेता सहभागीहरूले थाइल्याण्डमा हुने Asia Pacific Conference of Young Scientists (APCYS–2026 मा आवेदन दिने योग्यता पनि प्राप्त गर्नेछन्।
युवा वैज्ञानिक शिखर सम्मेलनले विगत नौ वर्षदेखि विद्यार्थीलाई अनुसन्धान, वैज्ञानिक संवाद र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन प्रेरित गर्दै आएको छ। यस वर्षका सत्रमा वैज्ञानिक तथा अनुसन्धानकर्ताद्वारा कीनोट व्याख्यान, प्यानल छलफल र युवालाई अन्तर्राष्ट्रिय अध्ययन तथा अनुसन्धान क्षेत्रमा पहुँच दिलाउने विशेष सत्रहरू समेटिने आयोजकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्