पूर्वाधार वाच, काठमाडौं ।
थानकोटस्थित मुख्य कार्यालयमा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (चन्द्रागिरि साकोस) र किसान नेटबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहकारीका सदस्यलाई गुणस्तरीय र सहज इन्टरनेट सेवा उपलब्ध गराउने, सामुदायिक स्वामित्व बढाउने र किसानलाई आवश्यक सेवा क्षेत्रमा सरल पहुँच सुनिश्चित गर्ने उद्देश्यले दुवै संस्थाबीच सम्झौता भएको हो।
चन्द्रागिरि साकोसका अनुसार, “ग्राहक नै मालिक” भन्ने अवधारणालाई अघि बढाउँदै सदस्य किसानलाई सहुलियत दरमा इन्टरनेट सेवा उपलब्ध गराइनेछ। साथै सेवाको प्रयोग गर्ने प्रत्येक सदस्यले किसान नेट कम्पनीको इक्विटीमा समेत हिस्सा पाउने व्यवस्था गरिएको छ, जसले किसानलाई प्रविधिमैत्री तथा आर्थिक रूपमा सशक्त बनाउन मद्दत गर्नेछ।

यससंगै सहकारीका सदस्यले किसान–केन्द्रित थप डिजिटल सेवा पनि प्राप्त गर्नेछन्। यी सेवामा–
• ई–शिक्षा
• किसान स्वास्थ्य
• किसान मार्ट
• किसान मौसम सूचना
• किसान बैंकिङ
• किसान ईन्वेन्टरी
• किसान इम्प्याक्ट सेवा
जस्ता सुविधा समावेश गरिएको बताइएको छ।
सम्झौता पत्रमा चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र किसान नेटका कार्यकारी निर्देशक केशव स्थापितले संयुक्त रूपमा हस्ताक्षर गरेका थिए।
दुवै संस्थाले यो सहकार्य डिजिटल पहुँच, कृषि अनुकूल सेवा र समुदाय–केन्द्रित प्रविधि विकासमा महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्