images
images
images

कम्पास बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा मङ्सिर १८ गते सुकेधारामा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं ।

कम्पास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। संस्था सञ्चालक समितिको निर्णय अनुसार आयोजित सभा मङ्सिर १८ गते विहान ११ बजे नबबुद्ध गुरुङ सेवा समिति, सुकेधारामा सम्पन्न गरिएको छ।

सभामा शेयर सदस्यहरूको सक्रिय सहभागिता रह्यो। वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा आगामी वर्षका योजनाबारे महत्वपूर्ण छलफल र निर्णय पारित गरिएको संस्थाले जनाएको छ।

सभाले उक्त वर्षभरि सञ्चालन भएका गतिविधिबारे समितिका अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको वित्तीय विवरणअनुमोदन गरेको छ।

यस्तै, आर्थिक वर्ष  ०८१/०८२ को लेखापरीक्षण प्रतिवेदनहरू पनि सभाले सर्वसम्मत पारित गरेको छ। आगामी वर्षका लागि बजेट तथा कार्यक्रम प्रस्ताव समेत सभाले स्वीकृत गरेको छ।

सभाले नियमावली तथा कार्यविधिमा आवश्यक संशोधन, शेयर एकीकरण तथा अन्य नीति–नियमसम्बन्धी प्रस्तावहरू समेत पारित गरेको छ।

वार्षिक साधारणसभाले सञ्चालक समितिको कार्यक्षमताको समीक्षा गर्दै आगामी वर्षका लागि संस्थालाई थप पारदर्शी, सदस्यमैत्री तथा सेवा विस्तारमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो।

सभाका अध्यक्ष दिपेन्द्र  गुरुङले सहकारीको निरन्तर प्रगति र सदस्यको विश्वासका लागि आभार व्यक्त गर्दै सहकारीलाई डिजिटल, सक्षम र पहुँचयोग्य बनाउने योजनामा सहकार्यको अपेक्षा व्यक्त गरे।

साधारणसभामा प्रस्तुत गरिने प्रमुख एजेन्डाहरूः


– संचालक समितिका अध्यक्षबाट वार्षिक प्रतिवेदन प्रस्तुतिकरण र पारित गर्ने
– लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गरी छलफल तथा पारित गर्ने
– कोषाध्यक्षबाट वार्षिक लेखा विवरण प्रस्तुत गरी अनुमोदन गर्ने
– आ.व. ०८१/०८२ को लेखा प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गर्ने
– आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि कार्ययोजना तथा बजेट पेश गरी पारित गर्ने
– लेखा परीक्षक नियुक्ति गर्ने
– नियमावली संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल गर्ने
– शेयर एकीकरण तथा अन्य आवश्यक प्रस्तावहरू अघि सार्ने
– प्रतिनिधि छनोट तथा अनुमोदन गर्ने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्