पूर्वाधार वाच, ललितपुर ।
ललितपुर महानगरपालिका–१७, त्यागलमा मुख्य कार्यालय रहेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जावलाखेलमा आफ्नो १६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा सहकारीको वार्षिक प्रगति तथा भावी योजना प्रस्तुत गरिएको थियो।
साधारणसभाका क्रममा एसईई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीहरू, ज्येष्ठ सदस्यहरू, एमफिल तथा पीएचडी पूरा गरेका सदस्यहरू र उत्कृष्ट बाल बचतकर्तालाई नगद तथा सम्मान प्रदान गरिएको छ।
२०६५ सालमा ६ लाख ५० हजार रुपैयाँ सेयर पूँजीबाट स्थापना भएको सहकारीको सेयर पूँजी २०८१/८२ सम्म आइपुग्दा ३ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने सदस्य संख्या १९ सय नाघेको छ। चालु आर्थिक वर्षमा सहकारीले ७१ करोडभन्दा बढी कारोबार गर्दै ९१ लाख रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गरेको छ।
प्रमुख अतिथि सभामुख घिमिरेले सहकारी क्षेत्रमा पारदर्शिता, सुशासन र नियमनको आवश्यकता औँल्याउँदै शिक्षक केन्द्रित सहकारीले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्नुभयो। उहाँले सहकारीलाई नमुना संस्थाका रूपमा अगाडि बढ्न शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारी क्षेत्रमा पारदर्शिता, सुशासन र सिद्धान्तअनुसार सञ्चालन अपरिहार्य भएको उल्लेख गर्दै शिक्षकजस्ता बौद्धिक वर्ग आबद्ध संस्थाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। उहाँले शिक्षाको सही विकास बिना समाजका समस्या समाधान सम्भव नहुने स्पष्ट पार्दै शिक्षकहरू एकजुट भई परिवर्तनको नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो। सहकारीले आर्थिक प्रगति, सदस्य सशक्तीकरण तथा शैक्षिक–सामाजिक योगदानमार्फत आगामी दिनमा सहकारी क्षेत्रमा उदाहरणीय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्