images
images
images

सांग्रिला डेभलपमेन्ट बैंकको २१औँ साधारणसभा सम्पन्न, १०.३६ प्रतिशत लाभांश पारित

images

पूर्वाधार वाच, काठमाडौं।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औँ वार्षिक साधारणसभा सोमबार, २०८२ साल पुस ७ गते काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ। साधारणसभाले बैंकका शेयरधनीहरूलाई कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

सभाबाट पारित प्रस्तावअनुसार बैंकले हालको चुक्ता पूँजी रु. ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँ ५५ पैसाको आधारमा ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) तथा ५ प्रतिशत बोनस शेयर प्रदान गर्नेछ। यससँगै बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी रु. ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा पुग्ने भएको छ।

साधारणसभामा बैंकको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण, लेखा परीक्षक नियुक्ति, प्रवन्धपत्र संशोधन, साथै मर्जर तथा प्राप्ति (Merger & Acquisition) सम्बन्धी प्रस्तावहरू समेत छलफल गरी पारित गरिएको छ।

कार्यक्रमका क्रममा बैंक व्यवस्थापनले आम सर्वसाधारणको विश्वास र भरोसाका कारण सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ वटा शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ। साथै, संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र सुदृढ आन्तरिक नियन्त्रण प्रणालीलाई निरन्तर प्राथमिकतामा राख्दै बैंकले आगामी दिनमा आफ्ना सेवाहरू अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्