महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा दिनेश मल्ल निर्विरोध निर्वाचित भएका छन् । संघको १८ औँ अधिवेशनअन्तर्गत आज वरिष्ठ उपाध्यक्ष रहेका उनको अध्यक्षमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि व्यवसायी हेमराज जोशीले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिममा मल्ललाई सर्मथन गरे।
यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपेन्द्रप्रकाश साउद, वाणिव्य उपाध्यक्षमा गणेश चटौत, उद्योग उपाध्यक्षमा तेजबहादुर चन्द, महासचिवमा राहुल भट्ट र सचिवमा नरेन्द्रप्रसाद जोशी निर्विरोध निर्वाचित भएका छन् ।
अन्य पदमा भने निर्वाचन हुने भएको छ । निर्वाचन समितिका अनुसार कोषाध्यक्ष पदमा प्रदीप पाल, सिद्धराज भट्ट र मीनराज भट्टको उम्मेदवारी परेको छ ।
सदस्यमा पनि १४ जनाको उम्मेदवारी परेको छ । एक पदमा एकभन्दा बढी व्यक्तिको उम्मेदवारी परेपछि अब आगामी पुस १९ गते हुने निर्वाचन हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्