images
images
images

सक्षम बचत तथा ऋण सहकारीको १९औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं।

सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०८१/०८२ को १९औँ वार्षिक साधारणसभा पुस १० गते काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयअनुसार धुम्बाराहीस्थित नवदुर्गा ब्याङ्क्वेटमा बिहान ९:३० बजेदेखि साधारणसभा आयोजना गरिएको हो ।

साधारणसभामा संस्थाका अध्यक्ष सोनाम छोटि शेर्पाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको समग्र आर्थिक अवस्था, उपलब्धि र भावी योजनाबारे जानकारी गराएका थिए । सभामा गत आर्थिक वर्षको आय–व्यय विवरण, नाफा–नोक्सान विवरण, नीति तथा कार्यक्रम, लेखापरीक्षकको प्रतिवेदन, आगामी वर्षको बजेट तथा योजना लगायतका प्रस्तावहरू छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको छ ।


सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले कुल ४ करोड ७ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको छ भने कुल खर्च ३ करोड ७७ लाख ३ हजार रुपैयाँ रहेको छ । करपश्चात संस्थाले ३० लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिइयो, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि भएको हो ।

त्यसैगरी, सहकारीले सोही अवधिमा सरकारलाई विभिन्न शीर्षकमा १७ लाख ३७ हजार रुपैयाँ राजस्व बुझाएको जनाएको छ । सहकारी ऐन, नियमावली तथा सहकारी विभागबाट जारी निर्देशनको पूर्ण पालना गर्दै संस्था पारदर्शी, अनुशासित र उत्तरदायी ढंगले सञ्चालन भइरहेको सभामा जानकारी दिइयो ।

साधारणसभाले सञ्चालक समितिबाट भएका निर्णयहरूको अनुमोदन, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, कोषको बाँडफाँड, विनियम संशोधन, मर्जर तथा एकीकरणसम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ ।

कार्यक्रममा शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो भने सहभागीहरूले संस्थाको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै सहकारीलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजान सुझाव दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्