पूर्वाधार वाच, भक्तपुर।
बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा मध्यपुर थिमिस्थित थिमि बैंक्वेटमा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले गरेका थिए।
अध्यक्षको प्रतिवेदन: सदस्य–केन्द्रित कारोबारमा जोड
साधारणसभामा अध्यक्ष श्रेष्ठले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले समुदाय र सदस्य केन्द्रित वित्तीय कारोबारलाई प्राथमिकता दिँदै आएको बताए।
सहकारीका मूल्य, मान्यता र सिद्धान्तअनुसार ऐन, नियम तथा आन्तरिक नीति–कार्यविधिको पालना गर्दा संस्थाको वित्तीय अवस्था निरन्तर सुदृढ हुँदै गएको उनले जानकारी गराए। सदस्यहरूको विश्वासका कारण बालकुमारी साकोस भक्तपुर जिल्लाकै अग्रणी सहकारीका रूपमा स्थापित भएको उनको भनाइ थियो।
सचिवको कार्यक्रमिक प्रतिवेदन
संस्थाका सचिव पृथ्वीराम श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रमिक प्रतिवेदन प्रस्तुत गर्दै संस्था स्पष्ट नीति, विधि र प्रविधिमा आधारित सञ्चालन भइरहेको उल्लेख गरे। सदस्य सहभागितामा बीमा, सहकारी शिक्षा, विस्तारित मञ्च, स्वास्थ्य शिविरलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको जानकारी पनि उनले दिए।
वित्तीय विवरण र आगामी लक्ष्य प्रस्तुत
सभामा कोषाध्यक्ष सुदिप श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरणसहित आगामी आर्थिक वर्ष २०८२/०८३ का लक्ष्य तथा योजना प्रस्तुत गरे। त्यसैगरी लेखा सुपरीवेक्षण समितिका सदस्य लक्ष्मीशोभा श्रेष्ठले समितिको प्रतिवेदन सभामा पेश गरिन्।
जेष्ठ सदस्य र शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थी सम्मानित
साधारणसभामा जेष्ठ सदस्य सम्मानअन्तर्गत मध्यपुर थिमि नगरपालिका वडा नं. ५ ताहननीका गोपाल प्रजापति, वडा नं. ४ तछुटोलका कृष्णकुमार श्रेष्ठ, वडा नं. ४ दथुटोलकी धनमाया हाकुतरी श्रेष्ठ तथा सदस्य नं. ३८२७ की श्री गणेश माया सिनारी श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो।
यसैगरी २०८१ सालको एसईई परीक्षामा ४.०० जिपिए ल्याउने शंखधर मेमोरियल स्कूलका विद्यार्थी ईभाना श्रेष्ठ (शेयर सदस्य सुबिता श्रेष्ठकी छोरी) र मानस श्रेष्ठ (माधव बहादुर श्रेष्ठका छोरा) लाई सम्मान गरिएको थियो।
छात्रवृत्ति, दीर्घसेवा र उत्कृष्ट कर्मचारी सम्मान
सभामा पीएचडी तथा मास्टर डिग्री हासिल गरेका सदस्यहरूलाई सम्मान गरिनुका साथै आदर्श माध्यमिक विद्यालय, लाय्कू–थिमि र बालप्रेमी माध्यमिक विद्यालय, विष्णुवीर स्थान–थिमिका दुई–दुई जना विद्यार्थीलाई बालकुमारी छात्रवृत्ति प्रदान गरिएको थियो।
साथै २५ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएका संस्था अधिकृत बालकृष्ण श्रेष्ठलाई दीर्घसेवा सम्मान प्रदान गरियो। आर्थिक वर्ष २०८१/०८२ का उत्कृष्ट कर्मचारी केशवलाल श्रेष्ठ र सुशिला श्रेष्ठलाई पनि पुरस्कृत गरिएको थियो।
सभापतित्व र स्वागत मन्तव्य
संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभामा उपाध्यक्ष महेन्द्रकुमार जोशीले सहभागीहरूलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्