images
images
images

१३ दशमलव ३५ अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ ।

आज नेप्से परिसूचक १३ दशमलव ३५ अंकले घटेर दुई हजार ६३५ दशमलव ९५ को बिन्दुमा कायम भएको छ ।

आज ३२३ कम्पनीको एक करोड छ लाख ३३ हजार ७१७ कित्ता शेयर ७२ हजार ४७४ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १७ करोड ५० लाख ९१ हजार ९९१ दशमलव ६० को कारोबार भएको छ । आजको कारोबारमा वित्त र व्यापार समूहको उपसूचक सामान्य बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

आज सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका छ दशमलव शून्य आठ प्रतिशतले बढेको छ भने सबभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य आठ दशमलव ४५ प्रतिशतले घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्