काठमाडौं । इराकमा रोजगारीका क्रममा गई आधिकारिक भिसा प्राप्त गरेका नेपाली श्रमिकले अब नेपाल फर्किएपछि स्वदेशमै श्रम स्वीकृति पाउने भएका छन्। मन्त्रिपरिषद्को २०८२/०९/११ को निर्णयअनुसार वैदेशिक रोजगार विभागले उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
विभागका अनुसार इराक गई आधिकारिक भिसा लिएका र हाल नेपालमा रहेका श्रमिकले वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (FEIMS) मार्फत आवश्यक कागजातसहित आवेदन दिएमा श्रम स्वीकृति प्रदान गरिनेछ।
श्रम स्वीकृतिका लागि कम्तीमा तीन महिनाभन्दा बढी म्याद भएको राहदानी, आधिकारिक भिसा, बीमा, सामाजिक सुरक्षा तथा कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण, रोजगारदातासँगको करार सम्झौता र मेडिकल तथा अभिमुखीकरण तालिमको प्रमाण अनिवार्य गरिएको छ। आवेदक स्वयं उपस्थित भई सनाखत गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्