images
images
images

तरकारी फलफूल सहकारीको २६ औँ साधारण सभा सम्पन्न; सदस्यहरूलाई सुत्केरी र जेष्ठ नागरिक भत्ता

images

पूर्वाधार वाच, काठमाडौं ।

कालिमाटीमा रहेको तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारण सभा २०८२ पुस २९ गते कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको छ। माननीय  कृषि तथा पशुपन्छी विकास मन्त्री  डा. मदन प्रसाद परियारज्यूको प्रमुख अथित्व र संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको उपस्थितिमा सभाले सदस्यमुखी विभिन्न निर्णयहरू गरेको छ।

आकर्षक सामाजिक सुरक्षा कार्यक्रम संस्थाले सदस्यहरूका लागि विभिन्न भत्ता र बीमा सुविधाहरू घोषणा गरेको छ:

  • सुत्केरी भत्ता: महिला सदस्यलाई २ बच्चासम्म प्रति बच्चा ५,००० रुपैयाँ।

  • जेष्ठ सदस्य भत्ता: ६० वर्ष पुगेका सदस्यलाई वार्षिक २,००० रुपैयाँ।

  • दुर्घटना बीमा: प्रत्येक सदस्यको १ लाख रुपैयाँको दुर्घटना बीमा।

  • उपचार राहत: दीर्घकालीन रोग लागेका सदस्यलाई २५,००० रुपैयाँसम्मको उपचार खर्च।

प्रविधि र वित्तीय साक्षरता संस्थाले सदस्यहरूलाई घरमै बसेर कारोबार गर्न सहज होस् भनी मोबाइल बैंकिङ, एसएमएस सेवा र क्यूआर कोड (QR Code) सेवा सञ्चालनमा ल्याएको छ। सभाले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्