images
images
images

एनएलजी इन्स्योरेन्सको २०औँ वार्षिक साधारणसभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औँ वार्षिक साधारणसभा आज काठमाडौंको गौहिधारास्थित सिल्भर ओक ब्याङ्केट एण्ड इभेन्ट्स सेन्टरमा सफलतापूर्वक सम्पन्न भएको छ। सभामा कम्पनीको समग्र वित्तीय अवस्था, लाभांश वितरण तथा संस्थागत विषयमा छलफल गरी विभिन्न प्रस्तावहरू पारित गरिएको छ।

७.३६८४ प्रतिशत लाभांश पारित

सञ्चालक समितिका अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनीहरूलाई कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअनुसार ४ प्रतिशत बोनस शेयर, ३ प्रतिशत नगद लाभांश र ०.३६८४ प्रतिशत नगद कर प्रयोजनका लागि वितरण गरिनेछ।

सञ्चालक चयन र पुनर्निर्वाचन

सभाले सर्वसाधारण शेयरधनीहरूको समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूमा शालिनी राणा शाह र डा. भरत कुमार थापालाई पुनः सञ्चालक समितिमा निर्वाचित गरेको छ।

वित्तीय प्रतिवेदन स्वीकृत

साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ साल आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिहरूलाई पनि स्वीकृति प्रदान गरिएको छ।

लेखापरीक्षक नियुक्ति र नियमावली संशोधन

सभाले कम्पनी ऐन, २०६३ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न नियामक निकायबाट प्राप्त निर्देशनअनुसार सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ।

व्यवस्थापनप्रति शेयरधनी सन्तुष्ट

सभामा उपस्थित शेयरधनीहरूले कम्पनीको प्रगति र व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गरेका थिए। विशेषगरी प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तको कार्यसम्पादनप्रति शेयरधनीहरूले सकारात्मक प्रतिक्रिया जनाएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्